२०८३, असोज ९ गते

images
Logo

Sep 25 2026 | २०८३, असोज ९ गते

images
  • शुक्रबार, असोज ९ २०८३
images

सांसद श्रेष्ठको अडियो प्रकरणमा रास्वपाले संसद्‍मा माग्यो माफी


सञ्चार डबली
  • सोमबार, चैत २७ २०७९
  • 11.3K
    SHARES

  • images
    सांसद श्रेष्ठको अडियो प्रकरणमा रास्वपाले संसद्‍मा माग्यो माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सांसद डा.ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न दुई करोड मागेको विषयले सदन र सांसदको गरिमामा पर्न गएको चोटप्रति क्षमा मागेको छ ।

    काठमाडौं, चैत २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सांसद डा.ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न दुई करोड मागेको विषयले सदन र सांसदको गरिमामा पर्न गएको चोटप्रति क्षमा मागेको छ ।

    सोमबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले डा.श्रेष्ठको टेलिफोन संवादको अडिओ सार्वजनिक भएसँगै उनमाथि छानबिन प्रक्रिया थालिसकेको जानकारी दिए ।

    पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई तीन दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन निर्देशन दिएको र सोही बमोजिम आइतबार २४ घण्टे स्पष्टीकरण सोधिएको परियारले जानकारी दिए ।

    डा. श्रेष्ठलाई साधारण सदस्यको हैसियतसमेत गर्नुपर्ने काम गर्न पनि रोक लगाएर कारबाही थालिएको भन्दै उनले रास्वपा यस्ता कार्य दोहोरिन नदिन सचेत रहेको बताए ।

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend