२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

ह्युन्डाई नेपालले ल्यायो ‘Hyundai Festive Drive २०८३’, ५ लाखसम्म नगद छुट जित्ने अवसर


सञ्चार डबली
  • मंगलबार, भदौ ३० २०८३
  • 3.3K
    SHARES

  • images
    ह्युन्डाई  नेपालले ल्यायो ‘Hyundai Festive Drive २०८३’, ५ लाखसम्म नगद छुट जित्ने अवसर

    काठमाडौँ / नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले दशैँ, तिहार तथा छठको अवसरमा विशेष अफर ‘Hyundai Festive Drive २०८३’ घोषणा गरेको छ।

    यस अफरअन्तर्गत ग्राहकहरूले ह्युन्डाई गाडी खरिदमा रु. ३ लाखसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन्। साथै, स्क्र्याच कार्डमार्फत थप रु. ५ लाखसम्मको नगद छुट जित्ने अवसरसमेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

    अफरअन्तर्गत गाडी खरिद गर्ने ग्राहकले १ वर्षको निःशुल्क अटाे प्लस इन्स्याेरेन्स र १ वर्षको निःशुल्क राेड ट्याक्स सुविधा पनि प्राप्त गर्नेछन्।

    कम्पनीका अनुसार हरेक ह्युन्डाई गाडीमा ३ वर्षको वारेन्टी तथा ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध छ। यी सुविधाले ग्राहकलाई ह्युन्डाई गाडीको स्वामित्वमा थप मूल्य, सुविधा र सहजता प्रदान गर्ने कम्पनीको भनाइ छ।

    दशैँ–तिहार तथा छठको अवसरलाई लक्षित गर्दै ल्याइएको ‘हुन्डाइ फेस्टिभ ड्राइभ २०८३’ अफर भदौ २३, २०८३ देखि लागु भएको कम्पनीले जनाएको छ।

    कम्पनीले सबै ग्राहकलाई नजिकैको ह्युन्डाई शोरुममा पुगेर अफरअन्तर्गतका आकर्षक छुट तथा सुविधाहरूको लाभ उठाउन आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend