काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच भेटवार्ता भएको छ ।
बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा देशको पछिल्लो अवस्था र समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
भेटमा सरकारका कामकारबाहीसँग सम्बन्धित विषयमा समेत कुराकानी भएको बताइएको छ । तर, छलफलका विषयबारे राष्ट्रपतिको स्वकीय सचिवालयले विस्तृत जानकारी दिएको छैन ।
प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका गएपछि अर्थमन्त्री वाग्लेले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन् ।



