२०८३, असोज ९ गते

images
Logo

Sep 25 2026 | २०८३, असोज ९ गते

images
  • शुक्रबार, असोज ९ २०८३
images

अब एमाले वरिष्ठ नेतामा विद्यादेवी भण्डारी


सञ्चार डबली
  • बिहीबार , असोज ८ २०८३
  • 506
    SHARES

  • images
    अब एमाले वरिष्ठ नेतामा विद्यादेवी भण्डारी

    काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउने भएको छ ।

    बिहीबार बसेको पार्टी सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको छ । केन्द्रीय कमिटीले नाम अनुमोदन गरेसँगै भण्डारी पार्टी वरिष्ठ नेता बन्नेछिन् ।

    यसअघि लामो समयसम्म भण्डारीको पार्टी सदस्यता समेत एमालेले रोकेको थियो । गत निर्वाचनमा एमाले लज्जास्पद हारपछि गत जेठमा मात्रै भण्डारीको पार्टी सदस्यता खुलाउने निर्णय भएको थियो ।

    त्यसो त एमालेको गत महाधिवेशनमा अध्यक्ष ओलीसँग पराजित भएको ईश्वर पोखरेलसहितका नेताहरुलाई समेत जिम्मेवारी दिइएको छ ।

    आजको सचिवालय बैठकले ईश्वर पोखरेलसहित ७ नेताहरुलाई स्थायी कमिटी सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो । सचिवालय बैठकले पोखरेलसहित प्रदीप ज्ञवाली, देवराज घिमिरे, शिवमाया तुम्बहाम्फे, लालबाबु पण्डित, थममाया थापा र काशिनाथ अधिकारीलाई स्थायी कमिटी सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो ।

    उनीहरुको नाम केन्द्रीय कमिटीबाट अनुमोदन हुन भने बाँकी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend