काठमाडौँ / नेपालका लागि यामाहा दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक एमएडब्लु राइड्स प्रालिले एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक गरेको छ।
काठमाडौंको भृकुटीमण्डपमा असोज ५ देखि १० गतेसम्म आयोजना भइरहेको ‘यामाहा ब्लु फेस्टः नेपालकै सबैभन्दा ठूलो एक्सचेन्ज मेला’का क्रममा असोज ७ गते नयाँ कलर भेरियन्ट सार्वजनिक गरिएको हो।
हालै सम्पन्न नाडा अटो शोमा एक्सएसआर १५५ को सफल डेब्युपछि एक्सएसआर परिवारमा थप राइडरहरूलाई स्वागत गर्ने उद्देश्यले नयाँ ब्लु संस्करणलाई रु. ५,३४,९०० बाट सुरु हुने गरी थप सुलभ विकल्पका रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ।
नाडा अटो शोमा ६ दिनमै एक्सएसआर १५५ को ४२८ युनिट बुकिङ भएको थियो। चाडपर्वको समयमा पनि यस मोटरसाइकलप्रति ग्राहकहरूको आकर्षण निरन्तर बढिरहेको कम्पनीले जनाएको छ।
‘बिल्ट अन लेगेसी, ड्रिभन बाई पर्फर्मेन्स’को दर्शनमा आधारित एक्सएसआर १५५ मा नियो–रेट्रो लुक्स, छुट्टै पहिचान र आधुनिक पर्फर्मेन्सलाई एकसाथ समेटिएको कम्पनीले जनाएको छ।
कार्यक्रममा एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले नाडा अटो शोमा एक्सएसआर १५५ को सुरुवातमा प्राप्त प्रतिक्रिया उत्साहजनक रहेको बताए। उनका अनुसार ६ दिनमै ४२८ युनिट बुकिङ दर्ता भएको थियो।
चाडपर्वको मौसम सुरु भएसँगै ग्राहकहरूको रुचि बढ्दै गएको र थप कलर विकल्पहरूको माग पनि आइरहेको उनले बताए। ग्राहकहरूको माग पूरा गर्न र मोटरसाइकललाई अझ धेरै राइडरको पहुँचमा पु¥याउन नयाँ ब्लु कलर उपलब्ध गराइएको उनको भनाइ छ।
उनले आगामी दिनमा नेपालमा थप कलर विकल्प ल्याउन पनि आफूहरू उत्सुक रहेको बताए।
भृकुटीमण्डपमा जारी एक्सचेन्ज मेला असोज १० गतेसम्म सञ्चालन हुने भएकाले यामाहाले राइडर तथा ग्राहकलाई मेलामा उपस्थित भई नयाँ ब्लु एक्सएसआर १५५ अवलोकन तथा टेस्ट राइड गर्न आग्रह गरेको छ।
मेलामा ५० भन्दा बढी भ्यालुएटरबाट पुरानो दुईपाङ्ग्रे सवारीको मूल्याङ्कन गराई कुनै पनि ब्रान्डको पुरानो दुईपाङ्ग्रे सवारी साटेर नयाँ यामाहा लिन सकिने कम्पनीले जनाएको छ। साथै, मेलामा विशेष चाडपर्व एक्सचेन्ज अफरसमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ।
एमएडब्लु राइड्स प्रालि नेपालका लागि यामाहा दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हो। कम्पनीले देशभर विश्वस्तरीय मोबिलिटी, प्राविधिक नवीनता र उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ।


