२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आज वाग्मतीसहित ३ प्रदेशका केही स्थानमा भारी वर्षा हुने


सञ्चार डबली
  • बिहीबार , असोज १ २०८३
  • 3.2K
    SHARES

  • images
    आज वाग्मतीसहित ३ प्रदेशका केही स्थानमा भारी वर्षा हुने

    काठमाडौं । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको हो ।  

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

    पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी प्रदेशको पहाडी र तराई भूभाग तथा वाग्मती प्रदेशको तराई र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

    विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा लुुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

    कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ ।

    मधेस प्रदेश तथा कोसी प्रदेशको तराई भूभागका केही स्थानमा, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ ।

    हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको विभागले बताएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend