२०८३, असोज ९ गते

images
Logo

Sep 25 2026 | २०८३, असोज ९ गते

images
  • शुक्रबार, असोज ९ २०८३
images

अफगानिस्तानमाथि नेपालको शानदार जित, अफगानिस्तान पाँच विकेटले पराजित


सञ्चार डबली
  • शुक्रबार, असोज ९ २०८३
  • 594
    SHARES

  • images
    अफगानिस्तानमाथि नेपालको शानदार जित, अफगानिस्तान पाँच विकेटले पराजित

    काठमाडौं । एसियन गेम्स प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । भर्खरै सम्पन्न खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले हराएको हो ।

    अफगानिस्ताले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । सन्दीप जोराले ३४ रन बनाउँदा रोहित पौडेल ३३ रनमा नटआउट रहे । यस्तै, दीपेन्द्र सिंह ऐरीले १५ रन जोडे ।

    त्यसअघि जापानको निशिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा टस जितेर ब्याटिङमा उत्रिएको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १०२ रन जोड्यो ।

    उसका लागि फैसल खान अहमदजाइ र नाजिबुल्लाह जाद्रनले ३०–३० रन जोड्दा नान्गेलिया खान १७ रनमा अविजित रहे । यीबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    बलिङतर्फ नेपालका कुशल भुर्तेलले चार तथा ललित राजवंशीले तीन विकेट लिए । समूह ‘ए’ मा रहेको नेपालको यो पहिलो खेल हो । दोस्रो खेल खेलेको अफगानिस्तानले पहिलो खेलमा जापानलाई ४८ रनले पराजित गरेको थियो ।

    पुरुष क्रिकेटमा १० टोली सहभागी छन् । भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकालाई सीधै क्वाटरफाइनलमा राखिएको छ । समूह ‘बी’ मा मलेसिया, हङकङ र ओमान रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend