काठमाडौं । मनोहरा खोलामा बाढी बढेपछि गृहमन्त्री सुधन गुरुङ अनुगमनमा निस्किएका छन् ।
गृहमन्त्री गुरुङ केहीबेरअघि च्यासल नजिकै पुगेका थिए । उनले नेकपा एमालेको केन्द्रीय कार्यालय नजिकै मनोहरा खोलाको बाढीको अवस्थाबारे अनुगमन गरेका हुन् ।
निरन्तर भइरहेको वर्षाका कारण काठमाडौंका विभिन्न नदी तथा खोलामा पानीको सतह बढेको छ ।
बाढीको जोखिमलाई ध्यानमा राख्दै सरकारी निकायले नदी तथा खोला आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेका छन् ।


