२०८३, असोज ९ गते

images
Logo

Sep 25 2026 | २०८३, असोज ९ गते

images
  • शुक्रबार, असोज ९ २०८३
images

आजको मौसम : देशका विभिन्न भागमा आज पनि भारी वर्षा र तराईका धेरै स्थानमा हावाहुरीको सम्भावना  


सञ्चार डबली
  • बिहीबार , असार १४ २०८०
  • 15.6K
    SHARES

  • images
    आजको मौसम : देशका विभिन्न भागमा आज पनि भारी वर्षा र तराईका धेरै स्थानमा हावाहुरीको सम्भावना  

    बिहीबार, असार १४, २०८०
    काठमाडौं । देशका विभिन्न भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । केही भू–भागमा भारी वर्षाको समेत सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  

     
    विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ । कोसी, मधेस प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको विभागको भनाइ छ ।

    हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ ।

  • सम्बन्धित विषय:

  • # आजको मौसम :
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend