२०८३, असोज ९ गते

images
Logo

Sep 25 2026 | २०८३, असोज ९ गते

images
  • शुक्रबार, असोज ९ २०८३
images

गैरकानुनी रूपमा बस्दै आएका २४ बंगलादेशी नागरिक पक्राउ


सञ्चार डबली
  • बुधबार, असार १० २०८३
  • 2.3K
    SHARES

  • images
    गैरकानुनी रूपमा बस्दै आएका २४ बंगलादेशी नागरिक पक्राउ

    नेपालमा विभिन्न समयमा प्रवेश गरी कागजातबिना तथा म्याद सकिएको पर्यटक भिसामा गैरकानुनी रूपमा बस्दै आएका २४ जना बंगलादेशी नागरिकलाई प्रहरीले गरेको छ।

    प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले आइतबार काठमाडौँ महानगरपालिका–१५ स्थित डल्लु, सितापाइलालगायतका क्षेत्रमा रहेका कपडा कारखानामा काम गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

    प्रहरीका अनुसार नियन्त्रणमा परेका बंगलादेशी नागरिकसँग स्थायी परिचय खुल्ने कागजात, पासपोर्ट नभएको तथा केहीले म्याद सकिएको पर्यटक भिसामा नेपालमा बसोबास गरिरहेको पाइएको छ।

    प्रहरीले उनीहरूलाई आवश्यक कारबाहीका लागि अध्यागमन विभाग, कालीकास्थान पठाएको जनाएको छ। नेपालमा गैरकानुनी रूपमा बसोबास गर्ने तथा भिसा अवधि समाप्त भएपछि पनि नफर्किएका विदेशी नागरिकमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend