२०८३, असोज ९ गते

images
Logo

Sep 25 2026 | २०८३, असोज ९ गते

images
  • शुक्रबार, असोज ९ २०८३
images

तिहारको तयारी भेटायोसँग – झिलिमिली लाइट अब रेन्टलमा !


सञ्चार डबली
  • आइतबार, असोज २६ २०८२
  • 5.9K
    SHARES

  • images
    तिहारको तयारी भेटायोसँग – झिलिमिली लाइट अब रेन्टलमा !

    काठमाडौँ  । उज्यालो र खुशीको पर्व तिहार नजिकिँदै गर्दा, घर सजाउने झन्झट अब समाप्त ! Bhetayo ले ल्याएको ‘झिलिमिली लाइट्स रेन्टल प्याकेज’मार्फत अब तपाईंले आफ्नो घरलाई सजिलै उज्यालो पार्न सक्नुहुन्छ।

    तिहारको उल्लासलाई अझ आकर्षक बनाउन भेटायोले सुरु गरेको यो सेवा रु. ६,१०० बाट सुरु हुन्छ, जहाँ ग्राहकले आफ्नो घर अनुसार २०, ४०, ६० वा ८० वटा झिलिमिली लाइट छनोट गर्न सक्छन् ।

    यस प्याकेजमा इन्स्टलेसन, टेप, वायर, जडान शुल्क र डिसम्यान्टलिङ सबै समावेश छन्। भेटायोको टोलीले सम्पूर्ण काम सम्पन्न गर्ने भएकाले ग्राहकले केवल उत्सवको रमाइलो लिनुपर्नेछ।

    यदि ग्राहकसँग आफ्नै झिलिमिली लाइट्स छन् भने, भेटायोका दक्ष इलेक्ट्रीसियनहरूले प्रति स्ट्रिप रु. ११० मा सुरक्षित र छरितो रूपमा जडान सेवा प्रदान गर्नेछन्।

    त्यति मात्र होइन, तिहारको तयारीलाई सहज बनाउन भेटायोले क्लिनिङ, लन्ड्री, प्लम्बिङ लगायत विभिन्न घरेलु सेवामा पनि विशेष छुटको अफर ल्याएको छ। यी सबै सेवाहरू भेटायो एपमार्फत सजिलै बुक गर्न सकिन्छ।

    भेटायोले नेपाली उपभोक्तालाई ‘उज्यालो र झन्झटमुक्त तिहार’ मनाउन प्रेरित गर्दै घर–घरमा सहज सेवा पुर्‍याउने उद्देश्य राखेको छ।

    सेवा लिनका लागि भेटायो एप डाउनलोड गर्न वा कम्पनीसँग सम्पर्क गर्न आग्रह गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend