२०८३, असोज ९ गते

images
Logo

Sep 25 2026 | २०८३, असोज ९ गते

images
  • शुक्रबार, असोज ९ २०८३
images

पृथ्वी राजमार्गमा सवारी आवागमनमा पूर्ण रूपमा रोक


सञ्चार डबली
  • शुक्रबार, असोज ९ २०८३
  • 627
    SHARES

  • images
    पृथ्वी राजमार्गमा सवारी आवागमनमा पूर्ण रूपमा रोक

    काठमाडौं । पृथ्वी राजमार्गमा सवारी आवागमनमा पूर्ण रूपमा रोक लगाइएको छ । दुई दिनदेखि भइरहेको निरन्तर वर्षा र त्यसका कारण सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेका कारण सवारी आवागमनमा रोक लगाइएको हो ।

    जिल्ला प्रशासन कार्यालय धादिङले शुक्रबार बिहान विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि राजमार्गमा सवारीसाधनको आवागमनमा पूर्ण रोक लगाएको हो ।

    मौसम विज्ञान विभागले आगामी असोज ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने चेतावनी दिएकाले थप विपद् र जोखिम निम्तिन सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रशासनले यो निर्णय लिएको जनाएको छ ।

    "यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चितताका लागि पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारीसाधनको आवागमन अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा  रोक लगाइएको छ," धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।

    9979205b-d874-448d-9deb-2ebeb238b097.jfif
    undefined

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend