२०८३, असोज ९ गते

images
Logo

Sep 25 2026 | २०८३, असोज ९ गते

images
  • शुक्रबार, असोज ९ २०८३
images

न्युयोर्कको हडसन नदीमा हेलिकप्टर दुर्घटना, ६ यात्रुको मृत्यु


सञ्चार डबली
  • शुक्रबार, चैत २९ २०८१
  • 7.1K
    SHARES

  • images
    न्युयोर्कको हडसन नदीमा हेलिकप्टर दुर्घटना, ६ यात्रुको मृत्यु

    काठमाडौं ।  अमेरिकाको न्ययोर्क शहरुको हडसन नदीमा एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा सबै ६ यात्रुकै मृत्यु भएको छ। अधिकारीहरूका अनुसार हेलिकप्टरमा पर्यटकहरूको एक परिवार सवार थियो । मृतकहरूमा तीन बालबालिका पनि रहेका छन्।

    न्युुयोर्क शहरका मेयर एरिक एडम्सले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै पाँच जनाको उक्त परिवार स्पेनबाट आएको र छैटौं व्यक्ति पाइलट रहेको बताए। न्युुयोर्क प्रहरी कमिश्नर जेसिका टिशले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिइन्। मृतकका परिवारलाई जानकारी नगराएसम्म पीडितहरूको पहिचान सार्वजनिक नगरिने उनले बताइन्।

    दुर्घटनाको सार्वजनिक भएको भिडियो फुटेजमा हेलिकप्टर आकाशबाट उल्टो घुम्दै हडसन नदीमा खसेको देखिन्छ। हेलिकप्टरले डाउनटाउन स्काईपोर्टबाट उडान भरेको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend