२०८३, असोज ९ गते

images
Logo

Sep 25 2026 | २०८३, असोज ९ गते

images
  • शुक्रबार, असोज ९ २०८३
images

इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु


सञ्चार डबली
  • शुक्रबार, असोज ९ २०८३
  • 66
    SHARES

  • images
    इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

    काठमाडौं- इसेवा र सिटिजन्स बैंक इन्टरनेसनलको सहकार्यमा अपाङ्गता भएका व्यक्तिका लागि लक्षित डिजिटल कर्जा सुविधा ‘स्वावलम्बन कर्जा’ सुरु गरिएको छ । काठमाडौंस्थित भिभान्तामा आयोजित एक कार्यक्रमबीच सुरु गरिएको यस सुविधाले कर्जा लिन आवश्यक लामो प्रक्रिया, कागजी काम तथा भौतिक उपस्थितिलाई सहज बनाउने उद्देश्य राखेको छ ।

    कार्यक्रममा इसेवा, सिटिजन्स बैंक इन्टरनेसनल, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, विकास साझेदार संस्था, अपाङ्गता भएका व्यक्ति तथा सञ्चारमाध्यमका प्रतिनिधिहरूको उपस्थिति थियो ।

    ‘स्वावलम्बन कर्जा’मार्फत योग्य अपाङ्गता भएका व्यक्तिहरूले इसेवा एपबाटै कर्जाका लागि आवेदन दिन सक्नेछन् । यस सुविधाअन्तर्गत रु. १० हजारदेखि रु. २ लाखसम्म कर्जा लिन सकिनेछ । कर्जाको ब्याजदर वार्षिक ९.९९ प्रतिशत र प्रशोधन शुल्क ०.७५ प्रतिशत रहेको छ । योग्य प्रयोगकर्ताले इसेवा एपको गृहपृष्ठमा रहेको ‘स्वावलम्बन कर्जा’ ब्यानरमा क्लिक गरी आवेदन प्रक्रिया पूरा गर्न सक्नेछन् ।

    कर्जाका लागि प्रयोगकर्ताको इसेवा खाता केवाईसी प्रमाणित भएको, नेपाल सरकारबाट जारी अपाङ्गता परिचयपत्र भएको, कम्तीमा ६ महिनादेखि इसेवा प्रयोग गर्दै आएको तथा तलब वा व्यवसायबाट नियमित आम्दानी हुने हुनुपर्नेछ । कर्जा स्वीकृति सम्बन्धित मूल्याङ्कन तथा लागू हुने नियम बंैकको सर्तअनुसार हुनेछ ।

    कार्यक्रममा बोल्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले भने ‘स्वावलम्बन कर्जा’मार्फत डिजिटल प्रविधिको प्रयोग गर्दै अपाङ्गता भएका व्यक्तिहरूका लागि कर्जामा पहुँचलाई सरल र सहज बनाउन खोजिएको बताए । यसले उहाँहरूलाई वित्तीय सेवामा थप सहज रूपमा सहभागी हुन सहयोग पुग्ने विश्वास लिएका छौँ । स्वावलम्बन कर्जा एउटा उत्पादन मात्र नभएर एउटा अवधारणाको सुरुवात हो । कुनै पनि व्यक्तिको वित्तीय पहुँच उसको शारीरिक अवस्थाका कारण सीमित हुनु हुँदैन ।’

    त्यस्तै, सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख सञ्चालन अधिकृत रोशन मानन्धरले अपाङ्गता भएका व्यक्तिहरूको औपचारिक कर्जामा पहुँच विस्तार गर्न इसेवासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।

    उनले भने, “अपाङ्गता भएका व्यक्तिहरूलाई औपचारिक कर्जामा पहुँच विस्तार गर्न इसेवासँग सहकार्य गर्न पाउँदा हामी खुसी छौँ । स्वावलम्बन कर्जाले उहाँहरूको व्यक्तिगत तथा आर्थिक आवश्यकतालाई सहयोग गर्ने वित्तीय समाधान उपलब्ध गराउने अपेक्षा गरेका छौँ । हामीले केही फरक र नयाँ गरौँ भन्ने सोचिरहेका थियौँ । इसेवाले ल्याएको यो अभियानमा सहकार्य गर्न पाउँदा अत्यन्तै गौरव लागेको छ । यसले एक प्रकारको इकोसिस्टम नै सिर्जना गरोस् भन्ने मेरो चाहना छ ।”

    कार्यक्रममा संस्थाका नेतृत्वको मन्तव्यसँगै ‘स्वावलम्बन कर्जा’ सुविधाबारे जानकारी, प्रत्यक्ष कर्जा वितरण, एक सहभागीको अनुभव तथा यस पहलसम्बन्धी वृत्तचित्रसमेत प्रस्तुत गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend