२०८३, असोज ९ गते

images
Logo

Sep 25 2026 | २०८३, असोज ९ गते

images
  • शुक्रबार, असोज ९ २०८३
images

राष्ट्रपति पौडेलद्वारा संघीय संसद्‌मा दुई सचिव नियुक्त


सञ्चार डबली
  • बिहीबार , वैशाख २१ २०८०
  • 9.7K
    SHARES

  • images
    राष्ट्रपति पौडेलद्वारा संघीय संसद्‌मा दुई सचिव नियुक्त

     

    काठमाडौं, २१ वैशाख ।  संघीय संसद्‌मा राष्ट्रपति रामचन्द्र पौडेलले दुई सचिव नियुक्त गरेका छन् । सभामुख देवराज घिमिरेको सिफारिसमा प्रतिनिधिसभा सचिवमा पद्मप्रसाद पाण्डेय र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सिफारिसमा राष्ट्रिय सभा सचिवमा सुरेन्द्र अर्याललाई नियुक्त गरिएको हो ।

    सभामुख र अध्यक्षको सिफारिस अनुसार राष्ट्रपति पौडेलले पाण्डेय र अर्याललाई नियुक्त गरेको र दुवैलाई नियुक्त गरेको पत्र राष्ट्रपति कार्यालयबाट संघीय संसद् सचिवालयलाई प्राप्त भएको संसद्का महासचिव भारतराज गौतमले जानकारी दिएका छन् ।

    पाण्डेय र अर्याललाई यही वैशाख १७ गते नियुक्ति सिफारिस गरिएको थियो । प्रतिनिधिसभा सचिव गोपालनाथ योगी र राष्ट्रिय सभा सचिव राजेन्द्र फुयालको कार्यकाल वैशाख १५ मा सकिएको थियो । 

    दुवैको कार्यकाल सकिएपछि सभामुख र अध्यक्षले नयाँ सचिव नियुक्ति लागि कार्यवाहक राष्ट्रपति यादवसमक्ष सिफारिस गरेका थिए ।सभामुखले प्रतिनिधिसभा सचिव र राष्ट्रिय सभा अध्यक्षले राष्ट्रिय सभा सचिव राष्ट्रपतिसमक्ष सिफारिस गर्ने संवैधानिक व्यवस्था छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend