२०८३, असोज ९ गते

images
Logo

Sep 25 2026 | २०८३, असोज ९ गते

images
  • शुक्रबार, असोज ९ २०८३
images

 नक्कली शरणार्थी प्रकरणः सन्दीप रायमाझीलाई ३ दिन हिरासतमा राख्न अनुमति


सञ्चार डबली
  • बिहीबार , वैशाख २१ २०८०
  • 10.7K
    SHARES

  • images
     नक्कली शरणार्थी प्रकरणः सन्दीप रायमाझीलाई ३ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं, २१ वैशाख । पूर्वमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई तीन दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको छ । 

    नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन करोडौँ रुपैयाँ असुल गरेको आरोपमा पक्राउ परेका सन्दीपलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले आज प्रहरीलाई अनुमति दिएको हो । 

    बुटवलमा बुधबार पक्राउ परेका उनलाई आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको हो । उनलाई बिहीबार नै बुटवलबाट काठमाडौं ल्याइएको थियो । सोही घटनामा पूर्वमन्त्री रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । 
     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend