२०८३, असोज ९ गते

images
Logo

Sep 25 2026 | २०८३, असोज ९ गते

images
  • शुक्रबार, असोज ९ २०८३
images

नक्कली भुटानी शरणार्थी बन्न तयार भएर रकम बुझाउनेलाई पनि कारबाही गर्नुपर्छ–सूर्य थापा


सञ्चार डबली
  • बिहीबार , वैशाख २१ २०८०
  • 10.3K
    SHARES

  • images
    नक्कली भुटानी शरणार्थी बन्न तयार भएर रकम बुझाउनेलाई पनि कारबाही गर्नुपर्छ–सूर्य थापा

    काठमाडौं, २१ वैशाख । नक्कली भुटानी शरणार्थी बन्न तयार भएर रकम बुझाउने नेपाली नागरिकमाथि पनि कारबाही हुनुपर्ने नेकपा (एमाले)का नेता सूर्य थापाले बताएका छन् । आज समाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उनले उनले नेपाली नागरिकलाई मोटो रकम लिएर भुटानी शरणार्थीको सूचीमा समावेश गरेर अमेरिका पठाउने गिरोहमा संलग्नताको आशंकामा प्रहरीले गृह मन्त्रालयको प्रशासनिक र राजनीतिक नेतृत्वको सहयोगी पक्राउ गरिरहेका बेला यस्तो अभिव्यक्ति दिएका हुन् ।नक्कली शरणार्थी बन्न तयार भएर लाखौं रकम बुझाउने काम गैरकानुनी हो भन्दै उनले त्यससमा संलग्न व्यक्तिलाई पक्राउ गरी कारबाही गर्नुपर्ने धारणा राखेका हुन् ।

    थापाले समाजिक सञ्जाल लेखेका छन्, ‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने धन्दावाल जो कोहीमाथि सप्रमाण कारबाही हुनुपर्छ। साथै, नक्कली शरणार्थी बन्न तयार भएर लाखौं रकम बुझाउने गैरकानुनी काममा संलग्न व्यक्तिहरूमाथि पनि जाहेरी सँगसँगै पक्राउ, अनुसन्धान र कडा कारबाही चलाउनुपर्छ।’

    नेपाली भएर पनि नक्कली भुटानी शरणार्थी बन्न तयार हुने, रकम संकलन गर्ने र बुझाउनेहरूलाई पीडित भन्न नमिल्ने भन्दै उनले तिनीहरुको रकम जफत गर्नुपर्ने धारणा राखेका छन् । उनले भनेका छन्, ‘अनि तिनलाई पक्राउ गरी पुर्पक्षका लागि जेल हालेर मात्रै अनुसन्धानको जारी कारबाही अघि बढाउनुपर्छ ।’

    नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा मामिला सल्लाहकार इन्द्रजित राई, तत्कालिन गृह सचिव टेकनारायण पाण्डे, एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरेको छ । त्यस्तै नेता रायमाझी र तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend