२०८३, असोज ९ गते

images
Logo

Sep 25 2026 | २०८३, असोज ९ गते

images
  • शुक्रबार, असोज ९ २०८३
images

सबै प्रकरणमा मुछिएका दोषीलाई कडा कारबाही गर्नुपर्छ–महेश बस्नेत


सञ्चार डबली
  • बुधबार, वैशाख २० २०८०
  • 9.8K
    SHARES

  • images
    सबै प्रकरणमा मुछिएका दोषीलाई कडा कारबाही गर्नुपर्छ–महेश बस्नेत


    काठमाडौं, २० बैशाख । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका सबैलाई कारवाही गर्नुपर्ने नेकपा (एमाले)का नेता महेश बस्नेतले बताएका छन् । आज सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै नेता बस्नेतले नक्कली शरणार्थी प्रकरणमात्र नभई नक्कली लडाकु, बालुवाटार, वाइडबडी लगायत सबै प्रकरणमा मुछिएका दोषीलाई कारबाही गर्नुपर्ने बताएका हुन् ।

    नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा आज एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझी र एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक थापाविरूद्ध पक्राउ पुर्जी जारी भएसंगै बस्नेतले यस्तो बताएका हुन ।

    नेता बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन् ‘नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारवाही गर्ने कुरा उचित छ । नक्कली लडाकु ,बालुवाटार, वाइडबडी लगायत सबै दोषीलाई कारवाही गर्न दलहरु एक हुनुपर्दछ । एमाले ,काँग्रेस जुनसुकै दलको आडमा लागेका भएपनि सबै दोषीलाई कारवाही गर्नु पर्दछ ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend