२०८३, असोज ९ गते

images
Logo

Sep 25 2026 | २०८३, असोज ९ गते

images
  • शुक्रबार, असोज ९ २०८३
images

टोपबहादुर रायमाझी र उनका छोराबिरुद्ध पक्राउ पुर्जि जारी


सञ्चार डबली
  • बुधबार, वैशाख २० २०८०
  • 9.6K
    SHARES

  • images
    टोपबहादुर रायमाझी र उनका छोराबिरुद्ध पक्राउ पुर्जि जारी


    काठमाडौं, २० बैशाख । तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । आज काठमाडौं प्रहरीले नेकपा एमालेका सचिवसमेतत रहेका रायमाझीका बाबु छोराविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । प्रहरीका अनुसार गत जिल्ला अदालत काठमाडौंबाट सो पक्राउ पुर्जि जारी गर्ने अनुमति पाएको हो ।

    नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा रायमाझी र उनका छोराको पनि नाम मुछिए पछि काठमाडौं प्रहरी परिसरले पक्राउ पुर्जि जारी गरेको हो ।

    आज पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा अनुसन्धानलाई अगाडि बढाउन रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend