२०८३, असोज ९ गते

images
Logo

Sep 25 2026 | २०८३, असोज ९ गते

images
  • शुक्रबार, असोज ९ २०८३
images

रविका चालक शम्भु थापाको अन्तेष्टी आज गरिदै,यसो भन्छ मेडिसिटी अस्पताल


सञ्चार डबली
  • बुधबार, वैशाख २० २०८०
  • 8.1K
    SHARES

  • images
    रविका चालक शम्भु थापाको अन्तेष्टी आज गरिदै,यसो भन्छ मेडिसिटी अस्पताल

    काठमाडौं, २० बैशाख ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका चालक शम्भु थापाको आज अन्त्येष्टि गरिदैछ ।लामिछानेका प्रमृुख सहयोगी दीपक बोहराका अनुसार थापाको बिहान १० बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिन लागिएको हो । चालक थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो।

    सभापति लामिछाने चुनावी प्रचार क्रममा चितवन पुगेका थापा वैशाख ४ गते छतबाट खसे पछि हेलिकप्टरबाट काठमाडौं ल्याएर मेडिसिटीमा उपचार सुरु गरिएको थियो । चालक थापाको झन्डै डेढ महिना देखी भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

    यसो भन्छ–मेडिसिटी अस्पताल
    ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालमा आज मिति २०८० साल वैशाख १९ गते मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टिका अध्यक्ष श्री रवि लामीछानेका चालक बताइएका वर्ष ३९का श्री दिल बहादुर थापाको दिउँसो १ बजेर ३५ मिनेटमा निधन भएको छ । गम्भीर चोट पछि चितवनमा केहि दिन उपचार गरी थापालाई गत वैशाख ५ गते हेलिकोप्टरबाट उद्धार गरी नेपाल मेडिसिटीमा थप उपचारका लागि ल्याइएको थियो ।

    नेपाल मेडिसिटी अस्पतालको स्नायु तथा नसाशल्यचिकित्सा विभागका प्रमुख प्रा‍.डा. गोपालरमण शर्माका अनुसार थापालाई अस्पताल ल्याउँदा Traumatic Brain Injury with Diffuse Subarachnoid Hemorrhage with Intraventricular Extension अर्थात् अतिनै जटिल किसिमको चोट दिमागमा लागी रगत जताततै छरिएको अवस्था रहेको थियो ।

    थप जाँचका क्रममा उनको मृगौला, मुटु तथा शरिरका अन्य भागमा समेत असर परिसकेको जानकारी प्राप्त भएको थियो । रक्तचापलाई सन्तुलनमा ल्याउदै उनको भेन्टिलेटरमा राखी मल्टि डिस्सीप्लीनरी टिमबाट उपचार भइरहेको थियो । चिकित्सकको अथक प्रयास र विभिन्न उपचारका बावजुत पनि थापाको स्वास्थ्यमा सुधार नदेखिएको अवस्थाका बिच उनको मंगलबार मृत्यु भएको जानकारी अस्पताले गराउन चाहन्छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend