२०८३, असोज ९ गते

images
Logo

Sep 25 2026 | २०८३, असोज ९ गते

images
  • शुक्रबार, असोज ९ २०८३
images

होण्डाका गाडी किन्न एनआईसी एशियाको सहुलियतपूर्ण अटो लोन, ६ कार्यदिनमै कर्जा प्रक्रिया पूरा हुने


सञ्चार डबली
  • शुक्रबार, असोज ९ २०८३
  • 858
    SHARES

  • images
    होण्डाका गाडी किन्न एनआईसी एशियाको सहुलियतपूर्ण अटो लोन, ६ कार्यदिनमै कर्जा प्रक्रिया पूरा हुने

    काठमाडौँ / नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालि र एनआईसी एशिया बैंकबीच होण्डाका ग्राहकलाई सहुलियतपूर्ण अटो लोन उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ।

    सम्झौताअनुसार एनआईसी एशिया बैंकले होण्डाका ग्राहकलाई आकर्षक तथा कम ब्याजदरमा सवारी कर्जाको सुविधा उपलब्ध गराउनेछ। ग्राहकले कर्जाका लागि आवश्यक सम्पूर्ण कागजात बुझाएको ६ कार्यदिनभित्र कर्जा प्रक्रिया पूरा गरिने प्रतिबद्धता बैंकले जनाएको छ।

    यो सुविधा होण्डाका विभिन्न मोडल खरिद गर्न चाहने ग्राहकका लागि उपलब्ध हुनेछ। जसमा होण्डा सीआर–भी, सिटी इ:एचईभी, फिफ्थ जेनेरेसन सिटी र एलिभेट लगायतका गाडी रहेका छन्।

    नयाँ होण्डा गाडी खरिद गर्न चाहने ग्राहकलाई आर्थिक रूपमा सहज बनाउने उद्देश्यले दुई संस्थाबीच सहकार्य भएको स्याकार ट्रेडिङ कम्पनीले जनाएको छ। सहुलियतपूर्ण कर्जा सुविधाले ग्राहकलाई गाडी खरिद प्रक्रिया सहज र छिटो बनाउन सहयोग पुग्ने कम्पनीको भनाइ छ।

    सम्झौतापत्रमा एनआईसी एशिया बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत अमित केसी र मोर्ट्गेज बैंकिङ तथा अटो लोन प्रमुख दीपक आचार्यले हस्ताक्षर गरेका छन्। त्यस्तै, स्याकार ट्रेडिङ कम्पनी (होण्डा कार) का तर्फबाट प्रबन्ध निर्देशक सृजना शाक्य ज्योतिले सम्झौतापत्रमा हस्ताक्षर गरेकी छन्।

    यस सम्झौताले ग्राहकको नयाँ होण्डा कार खरिद गर्ने योजनालाई सरल र छिटो प्रक्रियामार्फत अघि बढाउन सहयोग पुग्ने दुवै संस्थाले विश्वास लिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend