२०८३, असोज ९ गते

images
Logo

Sep 25 2026 | २०८३, असोज ९ गते

images
  • शुक्रबार, असोज ९ २०८३
images

बार एशोसिएनको आन्दोलन चौथों दिन पनि जारी 


सञ्चार डबली
  • बुधबार, वैशाख २० २०८०
  • 10.4K
    SHARES

  • images
    बार एशोसिएनको आन्दोलन चौथों दिन पनि जारी 

    काठमाडौं, २० बैशाख । नेपाल बार एशोसिएनको आन्दोलन आज चौथों दिन पनि जारी रहने भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तीलगायतको माग गर्दै गत आइतबार देखि आन्दोलनमा उत्रिएको बारको आन्दोलन चौथो दिनमा पनि जारी रहने भएको हो । 

    बारका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार मंगलाबार बारका सबै ९० इकाइहरुले एक साथ आन्दोलन गरेका थिए । उनका अनुसार जबसम्म प्रधानन्यायाधीश लगायत नियुक्ती प्रक्रिया सुरु गरिन्न, तबसम्म आन्दोलन जारी रहनेछ । 
     
    ‘बारले प्रधानन्यायाधीश नियुक्ति हुन नसकेको विषयसहितलाई लिएर अहिले आन्दोलन गरिरहेको छ, संवैधानिक परिषद्ले प्रधानन्यायाधीश नियुक्ति गर्न सकेन वा गर्न नचाहेको हो, त्यो अझै बुझन सकिएको छैन तर अबिलम्ब प्रधानन्यायाधीश नियुक्ती गरेर न्यायलयलाई नेतृत्व दिनुपर्छ,’ उनले भने, ‘यदी कार्यपालिकाले न्यायलयलाई नेतत्व दिन सकेन भने एक हप्ताका लागि घोषणा गरिएको कार्यक्रम अर्को चरणमा लम्बिने छ ।’ उनका अनुसार शुक्रबारसम्म माग पुरा नभएमा पुनः अर्को चरणको आन्दोलन सुरु हुनेछ । 

     तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाअभियोग लागेर पदमुक्त भए पछि सर्वोच्च अदालत नेतृत्वविहिन हुँदै आएको छ । कायममुकायमबाट  चलिरहेको सर्वोच्च अदालतमा २१ मध्ये १६ मात्रै न्यायाधीश हुदाँ कामसमेत प्रभावित भएका छन भने उच्च अदालत र जिल्ला अदालतमा रिक्त रहेका न्यायाधीश  पदमा नियुक्ति गराउन पनि सकिरहेको छैन ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend