२०८३, असोज ९ गते

images
Logo

Sep 25 2026 | २०८३, असोज ९ गते

images
  • शुक्रबार, असोज ९ २०८३
images

अध्यक्ष ओलीमाथिको आक्रामण प्रयासमा सत्तारुढ दलको संलग्नता छैन्– प्रधानमन्त्री दाहाल


सञ्चार डबली
  • सोमबार, वैशाख १८ २०८०
  • 9.1K
    SHARES

  • images
    अध्यक्ष ओलीमाथिको आक्रामण प्रयासमा सत्तारुढ दलको संलग्नता छैन्– प्रधानमन्त्री दाहाल


    काठमाडौं, १८ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशको नामकरणको आन्दोलनमा सत्तारुढ दल सहभागी नभएको बताएका छन् ।

    चितवनमा आयोजित पत्रकारसम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लक्षित आक्रामणमा सत्तारुढ दलको संलग्नता नरहेको पनि जनाएका छन् ।

    ‘केपी ओलीजी पुर्व जाँदा केही आक्रामणको प्रयास भएको बुझियो, त्यसलाई सरकारले गम्भिरतापुर्वक लिएको छ, त्यसमा कोशी प्रदेश नामाकरणसँग असहमति राख्नेहरु छन तर सत्तारूढ दलको संस्थागत विरोध भन्ने कुरा चाँही विल्कुलै होइन। त्यो झुठो कुरा हो,’ प्रचण्डले भने ।

    तर, एमाले अध्यक्ष ओलीले प्रदर्शनमा पूर्वराजपरिवारमामा आस्था राख्ने मानिसहरु रहेको गर्नुभएको छ, त्यो चाँही निकै संवेदनशील बिषय हो, प्रधानमन्त्री प्रचण्डले भने ।प्रधानमन्त्री प्रचण्डले आफनो सरकार पाँचै बर्ष टिक्ने जनाउँदै हल्लाको पछि नलाग्न अनुरोध गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री दाहाल
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend