२०८३, असोज ९ गते

images
Logo

Sep 25 2026 | २०८३, असोज ९ गते

images
  • शुक्रबार, असोज ९ २०८३
images

कञ्चनपुरमा मान्छे खाने बाघ २२ घन्टा पछि नियन्त्रणमा


सञ्चार डबली
  • शनिबार, वैशाख ९ २०८०
  • 9.8K
    SHARES

  • images
    कञ्चनपुरमा मान्छे खाने बाघ २२ घन्टा पछि नियन्त्रणमा


    काठमाडौं, बैशाख ९ गते । कञ्चनपुरको बेलौरीमा महिलालाई आक्रमण गरी बेपत्ता पार्ने पाटे बाघलाई नियन्त्रणमा लिईएको छ। राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले नियन्त्रणमा लिदैँ झन्डै २२ घन्टासम्म बेपत्ता महिलालाई मृत अवस्थामा फेला पारेको छ ।

    कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुइका गंगा चन्दलाई हिजो बाघले लगेको थियो । हिजो दिनभर र रातभर खोजे पनि फेला परेको थिएन तर शनिवार बिहान पुनः खोजबिन गर्दा २२ घन्टा पछि मात्रै उनको शव फेला परेको हो ।

    यता, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले करिब २२ घण्टापछि बाघसमेत नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएको बाघलाई बेल्डाँडी पोस्टमा राखिएको छ ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डांगीले बाघ फेला परेकै स्थानमा महिलाको शव पनि फेला परेको बताए। चन्दसहित स्थानीय महिला घाँस काट्न गएका बेला बाघले शुक्रवारआक्रमण गरेको थियो। सो क्रममा अन्य महिलाहरु भने भागेर ज्यान जोगाउन सफल भए पनि चन्दलाई भने बाघले लिएर गएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend