२०८३, असोज ९ गते

images
Logo

Sep 25 2026 | २०८३, असोज ९ गते

images
  • शुक्रबार, असोज ९ २०८३
images

लमजुङको घलेगाउँमा चट्याङ पर्दा ३ जना घाइते


सञ्चार डबली
  • शुक्रबार, वैशाख ८ २०८०
  • 10.8K
    SHARES

  • images
    लमजुङको घलेगाउँमा चट्याङ पर्दा  ३ जना घाइते

    वैशाख ८, २०८०

    लमजुङ — लमजुङको घलेगाउँमा चट्याङ लागेर ३ जना घाइते भएका छन् । शुक्रबार दिउँसो परेको चट्याङले घलेगाउँको खेलमैदान र विद्यालयनजिकै पाखोचौरमा रहेका ३ जना घाइते भएका हुन् ।

    मेघगर्जन सहित पानी परिरहेको बेला चट्याङ पर्दा क्व्होलासोंथार गाउँपालिका ३, बगुमका डिलेश्वर गुरुङ, उक्त वडाकै खोगुमका चेतकुमारी गुरुङ र एकजना अपरिचित युवक घाइते भएको वडाअध्यक्ष आसबीर गुरुङले बताए । उनीहरुलाई उपचारको लागि गाउँपालिकाको सवारी साधनमार्फत पोखरा पठाइएको छ ।

    घलेगाउँमै रहेका मालिङ प्रहरी चौकीका असई श्रीराम श्रेष्ठका अनुसार घलेगाउँमा फुटवलको फाइनल खेलपछि पुरस्कार वितरणको कार्यक्रम सञ्चालन गर्दै गरेको डिलेश्वर, कार्यक्रम हेर्दै गरेका चेतकुमारी र अर्को एकजना दर्शक घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर बुद्धिप्रसाद गुरुङले घाइतेहरू बेंसीसहरस्थित लमजुङ अस्पताल ल्याइएको र उपचार भइरहेको बताए ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend