२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

गैरआवासीय नेपालीद्वारा सरकारलाई एक करोड र डीएनए परीक्षण सामग्री हस्तान्तरण


सञ्चार डबली
  • सोमबार, कात्तिक ९ २०८३
  • 539
    SHARES

  • images
    गैरआवासीय नेपालीद्वारा सरकारलाई एक करोड र डीएनए परीक्षण सामग्री हस्तान्तरण

    काठमाडौं । बेलायतमा बसोबास गर्दै आउनुभएका गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष कुल आचार्य र उत्तम नेपालले नेपाल सरकारलाई डीएनए परीक्षण किट तथा आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ।

    परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालकाे उपस्थितमा आचार्य र नेपालले डीएनए परीक्षण किट सरकारलाई हस्तान्तरण गर्नुभएको हो। सोही अवसरमा उत्तम नेपालले मन्त्री खनालमार्फत सरकारलाई सहयाेग स्वरूप एक करोड रुपैयाँको चेकसमेत हस्तान्तरण गर्नुभयो। आचार्य र नेपालले व्यक्तिगत रूपमा उक्त सहयोग उपलब्ध गराउनुभएको हो।

    सहयोगका लागि दुवै जनाप्रति आभार व्यक्त गर्दै परराष्ट्रमन्त्री खनालले प्राप्त डीएनए परीक्षण किट र आर्थिक सहयोगले सरकारको उन्नत डीएनए परीक्षण तथा अनुसन्धानसम्बन्धी क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

    कार्यक्रममा प्रतिनिधिसभा सदस्य विदुषी राणा, गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधि तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend