२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

ब्रेक फेल भएर बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते, एक जनालाई विराटनगर पठाइयो


सञ्चार डबली
  • सोमबार, कात्तिक ९ २०८३
  • 627
    SHARES

  • images
    ब्रेक फेल भएर बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते, एक जनालाई विराटनगर पठाइयो

    उदयपुर । उदयपुरको कटारी नगरपालिका–४ मरुवास्थित सिद्धिचरण राजमार्गमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । ब्रेक फेल भएपछि प्रदेश ३–०१–०२३ च ६५०६ नम्बरको जिप सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो ।

    दुर्घटनामा जिप चालक २९ वर्षीय निर्पबहादुर खड्कासहित १५ जना घाइते भएका छन् । घाइतेमध्ये ७१ वर्षीय रामबहादुर मगरलाई थप उपचारका लागि विराटनगर पठाइएको छ । अन्य घाइतेहरूको कटारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसमेत घाइते भएका छन् । जिप चालक सामान्य घाइते भएका छन् । उपचारपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    यस्तो छ घाइतेहरुको विवरण:-

    १) जिप चालक जिल्ला उदयपुर कटारी न.पा. ११ बस्ने वर्ष २९ निर्प बहादुर खड्का,
    २) जिल्ला झापा बिर्तामोड न.पा.- ६ बस्ने अं.वर्ष ३७ की मेनुका मगर (भुजेलको),
    ३) ऐ.ऐ. निज मेनुका मगर भुजेलको छोरा अं. वर्ष १४ को रेहान भुजेल,
    ४) ऐ.ऐ. निज मेनुका मगर भुजेलको छोरी अं.वर्ष ७ कि प्रिन्सिका भुजेल,
    ५) जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.- ५ बस्ने वर्ष १६ की तेन्जु लामा,
    ६) जिल्ला उदयपुर कटारी न.पा.-२ बस्ने अं. वर्ष ७१ को राम बहादुर मगर,
    ७) निज राम बहादुर मगरको छोरी अं. वर्ष ३५ की लिसना मगर,
    ८) ऐ.ऐ. बस्ने अं. वर्ष ६० की गोमा श्रेष्ठ,
    ९) ऐ. -५ बस्ने अं. वर्ष ३९ की अम्बिका दाहाल,
    १०) ऐ.बस्ने निज अम्बिका दाहालको छोरा अं. वर्ष १० को दिक्षित दाहाल,
    ११) ऐ. -११ बस्ने अं.वर्ष २१ की निर्मला राउत,
    १२) ऐ.ऐ. बस्ने अं.वर्ष २६ की दिल कुमारी हायु,
    १३) निजको छोरा २२ महिनाको दियांस हायु,
    १४) जिल्ला महोत्तरी गौशला न.पा.-०१ बस्ने अं. वर्ष ३५ की कबिता रेग्मी र
    १५) जिल्ला सिन्धुली दुधौली न.पा.-११ बस्ने प्रेम पौडेलको छोरा अं.वर्ष १० को प्रदिप पौडेल

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend