२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

दशैँ बिदापछि काठमाडौँको जनजीवन लयमा


सञ्चार डबली
  • सोमबार, कात्तिक ९ २०८३
  • 671
    SHARES

  • images
    दशैँ बिदापछि काठमाडौँको जनजीवन लयमा

    दशैँको लामो बिदापछि सरकारी कार्यालय र संस्थाहरू सुचारु भएसँगै काठमाडौं उपत्यकाको जनजीवन फेरि आफ्नो पुरानै लयमा फर्किएको छ ।

    दशैँ मनाउन गाउँ गएका सर्वसाधारणको फिर्ती र सेवाग्राहीहरूको आवतजावतका कारण सोमबार बिहानैदेखि बानेश्वर, माइतीघर, सिंहदरबार लगायतका प्रमुख चोक र सडकहरूमा सवारीसाधनको चाप बढेको हो । दशैँको टीका र बिदाको अवधिभर सुनसान देखिएका काठमाडौँका सडकहरूमा आज बिहानैदेखि सवारी साधनको लर्को देखिन थालेको छ ।

    लामो दूरीका सार्वजनिक सवारीसाधनमार्फत काठमाडौं भित्रिने क्रम जारी रहनु र आजैदेखि सरकारी कार्यालयहरू पनि खुलेकाले सडकमा मानिस र सवारीको चाप बढेको हो ।

    विशेषगरी बानेश्वर, कोटेश्वर, र कलङ्की जस्ता मुख्य प्रवेशद्वार र व्यस्त चोकहरूमा बिहानको समयमा ट्राफिक जामको अवस्था देखिएको छ । दशैँ बिदाको समयमा घर गएका कर्मचारीहरू र विद्यार्थीको उपस्थितिले उपत्यकाका बजार क्षेत्रमा पनि चहलपहल बढेको छ । ट्राफिक प्रहरीकाअनुसार सवारीको चाप बढेसँगै उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि थप जनशक्ति परिचालन गरिएको छ ।

    आगामी केही दिनसम्म उपत्यका भित्रिनेहरूको संख्या अझ बढ्न सक्ने भएकाले सार्वजनिक यातायातमा विशेष ध्यान दिन र ट्राफिक नियमको पूर्ण पालना गर्न प्रहरीले आग्रह गरेको छ । बिदा पछिको पहिलो कार्य दिनमा काठमाडौँको सवारी चापमा वृद्धि हुनु अस्वाभाविक होइन । यद्यपि, ट्राफिक व्यवस्थापन चुस्त राख्नका लागि सरोकारवाला निकायले समयमै योजना बनाएर अघि बढ्नु आवश्यक देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend