२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

बलिवुड अभिनेता टाइगर श्राफको गाडीमा पाँच राउन्ड गोली प्रहार, चालक र बटुवा घाइते


सञ्चार डबली
  • सोमबार, कात्तिक २ २०८३
  • 4.9K
    SHARES

  • images
    बलिवुड अभिनेता टाइगर श्राफको गाडीमा पाँच राउन्ड गोली प्रहार, चालक र बटुवा घाइते

    काठमाडौँ । बलिवुड अभिनेता टाइगर श्राफ सवार गाडीलाई लक्षित गरी मुम्बईको जुहू क्षेत्रमा अन्धाधुन्ध गोली प्रहार भएको छ । आइतबार साँझ जुहूको पुष्पा पार्क नजिकै भएको यस आक्रमणमा अभिनेता श्राफ भने पूर्ण रूपमा सुरक्षित रहेका छन् । तर, प्रहार गरिएको गोली लागेर उनका चालक फिरदौस र नजिकै रहेका एक बटुवा घाइते भएका छन् ।

    मुम्बई प्रहरीका अनुसार ३६ वर्षीय अभिनेता श्राफ स्थानीय मैदानमा फुटबल खेलेर आफ्नो विलासी बीएमडब्लू गाडीमा घर फर्कन लाग्दा भीडभाडको फाइदा उठाउँदै मोटरसाइकलमा आएका तीन जना अज्ञात बन्दुकधारीले गाडीमाथि ५ राउन्ड गोली चलाएका थिए । गोली लागेर घाइते भएका चालक फिरदौसलाई तत्कालै उपचारका लागि जुहूस्थित नानावती अस्पताल भर्ना गरिएको छ ।

    घटनाको केही समयपछि सामाजिक सञ्जालमा लरेन्स बिश्नोई समूहका तर्फबाट अनिल पण्डित र हरमन सन्धुले यस आक्रमणको जिम्मेवारी लिएको पोस्ट सार्वजनिक भएको छ। उक्त पोस्टमा अभिनेता सलमान खानसँग काम गर्ने बलिवुडका कलाकारहरूलाई निसाना बनाइने चेतावनी दिइएको छ। यद्यपि, प्रहरीले यस दाबीको आधिकारिक र स्वतन्त्र पुष्टि गरिसकेको छैन ।

    मुम्बई प्रहरीका डेपुटी कमिश्नर मोहित गार्गका अनुसार घटनास्थललाई नियन्त्रणमा लिएर आक्रमणकारीको पहिचान र पक्राउका लागि १५ वटा विशेष टोली परिचालन गरिएको छ । प्रहरीले उक्त क्षेत्रका सीसीटीभी फुटेजहरू सङ्कलन गरी सुक्ष्म अनुसन्धान अघि बढाएको छ । घटनालगत्तै टाइगरका पिता एवं वरिष्ठ अभिनेता ज्याकी श्राफको टोलीले टाइगर पूर्ण रूपमा सकुशल रहेको जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend