२०८३, कात्तिक ९ गते

images
Logo

Oct 25 2026 | २०८३, कात्तिक ९ गते

images
  • आइतबार, कात्तिक ९ २०८३

गगन थापाले कांग्रेस सभापतिमा लिए पद तथा गोपनीयताको शपथ


सञ्चार डबली
  • शनिबार, कात्तिक १ २०८३
  • 2.5K
    SHARES

  • images
    गगन थापाले कांग्रेस सभापतिमा लिए पद तथा गोपनीयताको शपथ

    नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् ।

    काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित थापालाई केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले शपथ गराएका हुन् ।

    प्रतिज्ञा पत्र नाम दिइएको उक्त शपथग्रहण पत्रमा बाचनपछि हस्ताक्षर समेत गरेका छन् । शपथपछि नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष विश्वप्रकाश शर्माले फुलमाला र खाता लगाएर स्वागत गरेका थिए । नवनिर्वाचित अन्य पदाधिकारी एवम सदस्यहरुको शपथ भने दशैं पछि हुने निर्वाचन समितिले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend