२०८३, कात्तिक ९ गते

images
Logo

Oct 25 2026 | २०८३, कात्तिक ९ गते

images
  • आइतबार, कात्तिक ९ २०८३

भूमिसम्बन्धी अध्यादेश संसद्‌बाटै ल्याउनुपर्छ : नेपाली कांग्रेस


सञ्चार डबली
  • शुक्रबार, असोज ३० २०८३
  • 2.0K
    SHARES

  • images
    भूमिसम्बन्धी अध्यादेश संसद्‌बाटै ल्याउनुपर्छ : नेपाली कांग्रेस

    काठमाडौं । नेपाली कांग्रेसले सरकारले ल्याउन लागेको भूमिसम्बन्धी अध्यादेशको औपचारिक विरोध गर्दै यसलाई संसद्‌मार्फत नै छलफल गरी अगाडि बढाउनुपर्ने अडान राखेको छ । 

    शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापाले अध्यादेशमार्फत ऐन संशोधन गर्ने सरकारी कदम संसदीय लोकतान्त्रिक प्रक्रिया विपरीत रहेको बताएकी हुन् । 

    प्रमुख सचेतक थापाले कानुनमन्त्री सोविता गौतमले विगतमा आफैँले उठाएको संशोधनको एजेन्डा र अहिले सरकारमा रहँदा लिएको अडान विरोधाभासपूर्ण रहेको भन्दै आलोचना गरिन् । 

    "कानुनमन्त्रीज्यू आफैँले हिजो राख्नुभएको संशोधन, हिजो राम्रो, राइट हुने, आज त्यही संशोधन रङ हुने किन भन्ने धेरै कुराहरू उब्जिएको छ," उनले भनिन् । 
     
    नेपाली कांग्रेसले यसअघि पनि भूमिसम्बन्धी अध्यादेश ल्याउने प्रयास हुँदा विरोध जनाएको स्मरण गराउँदै थापाले अध्यादेशभन्दा संसद्‌को सार्वभौम मञ्चबाटै बृहत् छलफल गरी कानुन निर्माण गर्नुपर्नेमा जोड दिइन् ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend