२०८३, कात्तिक ९ गते

images
Logo

Oct 25 2026 | २०८३, कात्तिक ९ गते

images
  • आइतबार, कात्तिक ९ २०८३

चीन भ्रमणबाट स्वदेश फर्किए किम जोङ उन


सञ्चार डबली
  • आइतबार, कात्तिक ९ २०८३
  • 495
    SHARES

  • images
    चीन भ्रमणबाट स्वदेश फर्किए किम जोङ उन

    काठमाडौँ । उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । स्वदेश फर्कनुअघि उनले चीनको दान्दोङस्थित कोरियाली युद्ध स्मारकको भ्रमण गर्नुका साथै चीन र उत्तर कोरियालाई जोड्ने नवनिर्मित पुलको उद्घाटन गरेका छन् ।

    उत्तर कोरियाली सरकारी समाचार संस्थाका अनुसार किमले कोरियाली युद्धका बेला चिनियाँ जनतासँग मिलेर लडेका गौरवशाली वर्षहरूलाई आफ्नो देशले सधैँ स्मरण गर्ने बताएका छन् ।

    उनले युद्धका क्रममा उत्तर कोरियालाई सहयोग गर्ने चिनियाँ जनताप्रतिको कृतज्ञता भावी पुस्तासम्म पुर्‍याउनुपर्नेमा जोड दिएका छन् ।

    वर्षौँको ढिलाइपछि उद्घाटन गरिएको नयाँ पुललाई चीन र उत्तर कोरियाबीच व्यापार तथा आर्थिक सम्बन्ध विस्तार गर्ने महत्त्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ। चीन उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो ।

    यसअघि किमले सन् २०२५ को सेप्टेम्बरमा बेइजिङमा आयोजित सैन्य परेडमा सहभागिता जनाएका थिए। चिनियाँ राष्ट्रपति सी जीनपीङले पनि यसै वर्ष जुनमा उत्तर कोरियाको भ्रमण गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend