२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

बाढी प्रभावितलाई नेपाल टेलिकमको राहत स् फाइबर, राउटरदेखि निःशुल्क सिम र सञ्चार सुविधा


सञ्चार डबली
  • सोमबार, असोज ५ २०८३
  • 1.2K
    SHARES

  • images
    बाढी प्रभावितलाई नेपाल टेलिकमको राहत स् फाइबर, राउटरदेखि निःशुल्क सिम र सञ्चार सुविधा

    काठमाडौं- नेपाल टेलिकमले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि विभिन्न राहत तथा सञ्चार सुविधा उपलब्ध गराउने भएको छ। रसुवा, धादिङ, गोरखा, चितवन, नुवाकोट र तनहुँका बाढी प्रभावित नागरिकसँगै पृथ्वी राजमार्गअन्तर्गत गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी तथा मुग्लिन–नारायणगढ सडक आसपासका प्रभावितलाई लक्षित गरी टेलिकमले थप व्यवस्था गरेको हो।

    बाढीका कारण क्षति भएका र पुनः प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेका एनटी फाइबर केबल तथा राउटर निःशुल्क उपलब्ध गराई जडान गरिने टेलिकमले जनाएको छ। त्यस्तै, एनटी फाइबर सेवा प्रयोग गरिरहेका ग्राहकको सेवा अवधि समाप्त भएमा तीन महिनाका लागि निःशुल्क समय थप गरिनेछ।

    बाढी प्रभावित क्षेत्रमा रहेका ग्राहकको नाममा दर्ता भएको सिमकार्ड पुनः वितरण गर्ने व्यवस्था पनि गरिएको छ। त्यसका लागि पाँचवटा सम्पर्क नम्बर उपलब्ध गराउनुपर्ने, ती नम्बरको पछिल्लो स्थान बाढी प्रभावित क्षेत्रमा देखिएको हुनुपर्ने र सम्बन्धित नम्बरको ग्राहक पहिचान विवरण यथाशीघ्र अद्यावधिक गर्नुपर्नेछ।

    बाढीका कारण विभिन्न स्थानमा फसेका व्यक्तिसँग सञ्चार सम्पर्क कायम गर्न नेपाली सेनाको समन्वयमा २१० थान सिमकार्ड उपलब्ध गराइएको टेलिकमले जनाएको छ। बाढी प्रभावित ग्राहकलाई उपलब्ध गराइएका प्याकेजसहितका सिमकार्डको विवरण अद्यावधिक गरी अभिलेख राख्ने व्यवस्था समेत गरिएको छ।

    त्यसैगरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको एकीकृत विपद् व्यवस्थापन केन्द्रमा रहेको मुख्य सर्भरदेखि प्राधिकरणको ब्याकअप सर्भरसम्म निःशुल्क सम्पर्क स्थापना गर्न डार्क फाइबर भौतिक सम्पर्क सुविधा उपलब्ध गराइएको छ।

    बाढी प्रभावित नागरिकलाई प्राथमिक मनोवैज्ञानिक सहयोग तथा मनोपरामर्श सेवा प्रदान गर्दै आएको मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र–नेपालको टोल फ्री नम्बर १८१०५०००४०२ को तीन महिनासम्मको मासिक शुल्कसमेत निःशुल्क गर्ने व्यवस्था गरिएको नेपाल टेलिकमले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend