२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एमजी मोटर नेपालको चाडपर्व अफर, ३ लाख रुपैयाँसम्म बचत


सञ्चार डबली
  • बुधबार, असोज ७ २०८३
  • 66
    SHARES

  • images
    एमजी मोटर नेपालको चाडपर्व अफर, ३ लाख रुपैयाँसम्म बचत

    काठमाडौँ / एमजी मोटर नेपालको आधिकारिक वितरक पारामाउन्ट मोटर्स नेपालले ग्राहकका लागि विशेष चाडपर्व अफर ‘ड्राइभ मोर, सेलिब्रेट मोर’ सार्वजनिक गरेको छ।

    असोज ६ गतेदेखि छठ पर्वसम्म लागू हुने योजनाअन्तर्गत एमजीका विभिन्न मोडलका नयाँ गाडी खरिद गर्ने ग्राहकले ३ लाख रुपैयाँसम्म बचत गर्न सक्नेछन्। योजनामा निःशुल्क अटो प्लस इन्स्योरेन्स, निःशुल्क रोड ट्याक्स, इजी एक्सचेन्ज र इजी फाइनान्सजस्ता सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।

    ‘ड्राइभ मोर, सेलिब्रेट मोर’ अफरमा एमजी एचएस पीएचईभी/एचईभी, एमजी यू९ ईभी, एमजी आईएम६, एमजी एस६ ईभी, एमजी एस५ ईभी र एमजी४ लगायतका मोडल समावेश छन्।

    नेपालमा सार्वजनिक गरिएको एमजी एचएस पीएचईभी/एचईभीले आधुनिक हाइब्रिड प्रविधिसँगै प्रिमियम आराम र प्रदर्शन प्रदान गर्ने कम्पनीले जनाएको छ।

    त्यस्तै एमजी यू९ ईभी क्षमता र बहुउपयोगिताका लागि तयार गरिएको चारपाङ्ग्रे विद्युतीय पिकअप हो।

    एमजी एस६ ईभीमा १८० किलोवाट मोटर, आरडब्लूडी, इन्डिपेन्डेन्ट रियर सस्पेन्सन तथा ५३० किलोमिटरसम्मको रेन्ज रहेको कम्पनीले जनाएको छ।

    त्यसैगरी, ग्राहकमा लोकप्रिय एमजी एस५ ईभी ४३ लाख ९९ हजार रुपैयाँदेखि आकर्षक मूल्यमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। यसमा आरडब्लूडी तथा इन्डिपेन्डेन्ट रियर सस्पेन्सन रहेको छ।

    अफरमार्फत ग्राहकले आफ्नो आवश्यकता र रुचिअनुसार विभिन्न प्रकारका हाइब्रिड तथा विद्युतीय गाडीमध्ये उपयुक्त मोडल छनोट गर्न सक्नेछन्।

    अफरमा सहभागी हुन तथा उपलब्ध मोडल, मूल्य र सुविधाबारे थप जानकारी लिन ग्राहकलाई आफ्नो नजिकको एमजी शोरुममा पुग्न पारामाउन्ट मोटर्सले आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend