२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

बुद्ध रिजेन्सी लिमिटेडले साधारण शेयर निष्काशन गर्ने, निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त


सञ्चार डबली
  • शुक्रबार, भदौ २६ २०८३
  • 2.1K
    SHARES

  • images
    बुद्ध रिजेन्सी लिमिटेडले साधारण शेयर निष्काशन गर्ने, निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त

    नेपालको प्रतिष्ठित आतिथ्य सत्कार उद्मोग प्रति समर्पित सिद्धार्थनगर, लुम्बिनीमा अवस्थित पाँच तारे स्तरको होटेल बुद्ध रिजेन्सी लिमिटेडले सर्वसाधारणका लागि जारी गरिने रु.१००/- अंकित दरका १५,००,००० कित्ताले हुन आउने रु.१५,००,००,०००/- रकम बराबरको साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेकोे छ ।

    उक्त शेयर निष्काशनका लागि बुद्ध रिजेन्सी लिमिटेडको तर्फवाट संचालक श्री सुनिल अग्रवाल तथा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत श्री बिजय लाल श्रेष्ठका बीच लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड, नयाँ बानेश्वर, काठमाण्डौमा मिति २०८३ भदौ २५ गते द्विपक्षिय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरियो।

    बुद्ध रिजेन्सी होटल नेपालको सिद्धार्थनगर (भैरहवा) स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ठीक अगाडि सञ्चालनमा आएको एक उत्कृष्ट ५–तारे लक्जरी होटल हो । यस होटेलले ’विन्डहम होटल्स एण्ड रिसोट्र्स’ (Wyndham Hotels & Resorts) सँग साझेदारी गरी ’रामाडा बाइ विन्डहम’ (Ramada by Wyndham) ब्रान्ड अन्तर्गत सेवा प्रदान गरिरहेको छ।

    यस होटलमा पूर्ण आरामदायी अनुभवका लागि डिजाइन गरिएका १०० भन्दा बढी सुविधायुक्त कोठाहरू उपलब्ध छन् । ’डेस्टिनेसन वेडिङ’ (विवाह समारोह) का लागि ठूला भव्य बैंक्वेट हलहरू र कर्पोरेट सम्मेलनका लागि दुईवटा समर्पित हलहरू छन् ।  

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend