काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । यसदिन नेप्से परिसूचक २१.३२ अंकले बढेर २ हजार ६ सय २१.२६ को बिन्दु पुगेको छ । आज कारोबारमा आएका मध्ये १ सय ८८ कम्पनीको सेयर मूल्य बढेको छ भने ८० कम्पनीको सेयर मूल्य घटेको छ ।
आज नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । बुधबार ४ अर्ब १३ करोड ६१ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । मंगलबार ४ अर्ब ७३ करोड ६९ लाख २६ हजार रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको थियो ।
आज सबैभन्दा धेरै बढ्नेमा १०.७५ प्रतिशत एसबिएल डिबेन्चर २०८९ रहेको छ । यसको सेयर मूल्य १३.२१ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै कमाउने १० कम्पनीमा ५ डिबेन्चर रहेका छन् ।


