२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

नेप्से परिसूचक सामान्य अंकले घट्यो, कारोबार रकममा पनि गिरावट


सञ्चार डबली
  • बुधबार, भदौ ३ २०८३
  • 1.6K
    SHARES

  • images
    नेप्से परिसूचक सामान्य अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

    काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । यसदिन नेप्से परिसूचक ०.२६ अंकले घटेर २ हजार ६ सय २२.२२ को बिन्दुमा आएको छ । आज कारोबारमा आएका १ सय १० कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ५० कम्पनीको घटेको छ ।

    बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज ३ अर्ब २९ करोड ८० लाख १९ हजार रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । मंगलबार ५ अर्ब ७ करोड ३५ लाख १८ हजार रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको थियो ।

    आज सबैभन्दा धेरै कमाउनेमा सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावरका लगानीकर्ताहरु रहेका छन् । यी दुवै कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै गुमाउनेमा मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । यस कम्पनीको सेयर मूल्य ८.४५ प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend