काठमाडौं । साताको पहिलो कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । यसदिन नेप्से परिसूचक २.२५ अंकले घटेर २ हजार ६ सय ४१.५८ को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये ७२ कम्पनीको सेयर मूल्य बढेको छ भने २०१ कम्पनीको घटेको छ ।
सोमबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । आज ५ अर्ब ५२ करोड ५५ लाख ११ हजार रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । शुक्रबार ४ अर्ब २७ करोड ५६ लाख ७५ हजार रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको थियो ।
आज सबैभन्दा धेरै कमाउनेमा सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावरका लगानीकर्ताहरु रहेका छन् । यी दुवै कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । यता, सबैभन्दा धेरै गुमाउनेमा फस्र्ट माइक्रोफाइनान्सका लगानीकर्ताहरु रहेका छन् । यसको सेयर मूल्य ६.६३ प्रतिशतले घटेको छ ।


