२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

नेप्से परिसूचकमा आज पनि गिरावट, ४ अर्बको कारोबार


सञ्चार डबली
  • मंगलबार, साउन १९ २०८३
  • 11.0K
    SHARES

  • images
    नेप्से परिसूचकमा आज पनि गिरावट, ४ अर्बको कारोबार

    काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज पनि गिरावट आएको छ । आज नेप्से परिसूचक २१.१५ अंकले घटेर २ हजार ६ सय ६३.१८ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएका ५८ कम्पनीको सेयर मूल्य बढेको छ भने २ सय १४ कम्पनीको घटेको छ ।

    मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज ४ अर्ब ६ करोड ८५ लाख ६० हजार रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । सोमबार ४ अर्ब ५७ करोड २० लाख ८४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

    आज सबैभन्दा धेरै कमाउनेमा एभरेष्ट कलर लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यता, सबैभन्दा धेरै गुमाउनेमा सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन् । यस बैंकको सेयर मूल्य ११.६७ प्रतिशतले घटेर ८ सय ४८ रुपैयाँमा आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend