काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । यसदिन नेप्से परिसूचक ४.६४ अंकले घटेर २ हजार ६ सय ९६.६७ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएका ९८ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ६६ कम्पनीको घटेको छ ।
मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज ४ अर्ब ४२ करोड ७३ लाख ५ हजार रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । सोमबार ६ अर्ब ८ करोड ८ लाख ६३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।
आज सबैभन्दा धेरै कमाउनेमा एभरेष्ट कलर्सका लगानीकर्ता रहेका छन् । यस कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेर ८ सय ६१ रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै गुमाउनेमा कुथेली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताहरु रहेका छन् । यस कम्पनीको सेयर मूल्य ६.०७ प्रतिशतले घटेर ९ सय ६० रुपैयाँमा आएको छ ।

