२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

साताको पहिलो कारोबारको दिन नेप्से परिसूचकमा भारी गिरावट, ६ अर्बको कारोबार


सञ्चार डबली
  • सोमबार, साउन ११ २०८३
  • 693
    SHARES

  • साताको पहिलो कारोबारको दिन नेप्से परिसूचकमा भारी गिरावट, ६ अर्बको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा पहिरो गएको छ । यसदिन नेप्से परिसूचक ३३.२८ अंकले घटेर २ हजार ७ सय ०१.३२ को बिन्दुमा आएको छ । सोमबार कारोबारमा आएकामध्ये ३६ कम्पनीको सेयर मूल्य बढेको छ भने २ सय ३४ कम्पनीको घटेको छ ।

    यसदिन कारोबार रकम पनि सामान्य घटेको छ । आज ६ अर्ब ८ करोड ८ लाख ६३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । शुक्रबार ६ अर्ब २६ करोड ७२ लाख २६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

    आज सबैभन्दा धेरै कमाउनेमा एभरेष्ट कलर लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । यस कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर ७ सय ४८ रुपैयाँ ७० पैसा पुगेको छ । यता, सबैभन्दा धेरै गुमाउनेमा आत्मनिर्भर लघुवित्तका लगानीकर्ताहरु रहेका छन् । आज यसको सेयर मूल्य १३.३८ प्रतिशतले घटेर ५ हजार ७ सय ६८ रुपैयाँमा आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend