काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । यसदिन नेप्से परिसूचक १४.१७ अंकले बढेर २ हजार ७ सय २६.७२ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका १ सय ४९ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय १५ कम्पनीको घटेको छ ।
आज नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । यसदिन ४ अर्ब ६७ करोड ६१ लाख ३३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।
बिहीबार सबैभन्दा धेरै कमाउनेमा एभरेष्ट कलर लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । आज यस कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर ५ सय ६६ रुपैयाँमा पुगेको छ । यसको आइपीओ केही दिन पहिले मात्रै नेप्सेमा सूचीकृत भएको हो । यता, आज सबैभन्दा धेरै गुमाउनेमा कुथेली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । यस कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

