काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । यसदिन नेप्से परिसूचक ७.२५ अंकले बढेर २ हजार ७ सय २६.४९ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका १ सय ३ कम्पनीको सेयर मूल्य घटेको छ भने १ सय ६२ कम्पनीको घटेको छ ।
मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । आज ६ अर्ब ६७ करोड १० लाख १७ हजार रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । सोमबार ५ अर्ब ५१ करोड २६ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।
आज सबैभन्दा धेरै कमाउनेमा एभरेष्ट कलरका लगानीकर्ता रहेका छन् । यसको सेयर मूल्य १४.९८ प्रतिशतले बढेर ४ सय २८ रुपैयाँ पुगेको छ । यता, सबैभन्दा धेरै गुमाउनेमा ७ प्रतिशत नबिल डिबेन्चरका लगानीकर्ताहरु रहेका छन् । यसको सेयर मूल्य ७.४४ प्रतिशतले घटेको छ ।

