काठमाडौं । साताको पहिलो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागिरहेको नेप्से अन्तिम समयमा ४१.७० अंकले बढ्दै २७ सय १९ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय ४३ कम्पनीका १ करोड २२ लाख ४५ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ५१ करोड २६ लाख रुपैयाँ नाघेको छ ।
आज कारोबारमा आएकामध्ये म्युचुअल फण्डबाहेकका सबै समुहको परिसुचक उकालो लागेको । आज कारोबारमा आएकामध्ये २ सय ३९ कम्पनीको सेयरमूल्य उकालो लाग्दा बाँकी ३२ कम्पनीको सेयरमूल्यमा भने गिरावट आएको छ ।
आज सेयरमूल्य उकालो लागेकामध्ये २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको नेप्सेले जानकारी दिएको छ ।

