काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । यसदिन नेप्से परिसूचक १४ अंकले बढेर २ हजार ५ सय ९०.२९ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएकामध्ये १ सय ९५ कम्पनीको सेयर मूल्य बढेको छ भने ६० कम्पनीको घटेको छ ।
आज नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । आज ४ अर्ब १७ करोड ३ लाख ९८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । मंगलबार ८ अर्ब ४१ करोड ७५ लाख ७० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
आज सबैभन्दा धेरै कमाउनेमा एनएमबि डिबेन्चरका १०.७५ २८९–९० का लगानीकर्ता रहेका छन् । यसको सेयर मूल्य ९.२० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा उन्नती सहकार्यका लगानीकर्ताहरु रहेका छन् । यसको सेयर भाउ ७.३२ प्रतिशतले घटेको छ ।

