२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

सामान्य अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम पौने ७ अर्ब बढी


सञ्चार डबली
  • शुक्रबार, असार २६ २०८३
  • 1.7K
    SHARES

  • सामान्य अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम पौने ७ अर्ब बढी

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट आएको छ । यसदिन नेप्से परिसूचक १.१३ अंकले घटेर २६ सयको बिन्दुमा आएको छ । आज कारोबारमा आएका १ सय २० कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ३५ कम्पनीको घटेको छ ।

    शुक्रबार नेप्से परिसूचक सामान्य अंकले घटेपनि कारोबार रकम भने बढेको छ । आज ६ अर्ब ८६ करोड ७ लाख १८ हजार रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । बिहीबार ४ अर्ब ६१ करोड १९ हजार ५४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

    आज सबैभन्दा धेरै कमाउनेमा आत्मनिर्भर लघुवित्तका लगानीकर्ताहरु रहेका छन् । यसको सेयर मूल्य १०.६६ प्रतिशतले बढेर ६ हजार ४ सय १६ रुपैयाँ पुगेको छ । आज डिबेन्चको कारोबार धेरै भएको छ । सर्वाधिक कारोबार भएका १० कम्पनीमध्ये ९ डिबेन्चरहरु रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend