काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मा दोहोरो अंकको गिरावट आएको छ । यसदिन नेप्से परिसूचक १९.६७ बिन्दुले घटेर २ हजार ६ सय १.९२ को बिन्दुमा आएको छ । आज कारोबारमा आएका ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने २ सय २९ कम्पनीको घटेको छ ।
बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज ४ अर्ब ६१ करोड १९ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार ४ अर्ब ८२ करोड ६० लाख ८४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।
आज सबैभन्दा धेरै कमाउनेमा उपकार लघुवित्तका लगानीकर्ता रहेका छन् । यो कम्पनीको सेयर मूल्य १२.६८ प्रतिशतले बढेर ३ सय ६० रुपैयाँमा पुगेको छ । यता, सबैभन्दा धेरै गुमाउनेमा बीओके डिबेञ्चर २०८६ (क) का लगानीकर्ता रहेका छन् । यस ऋणपत्रको भाउ ८.६६ प्रतिशतले घटेर ११ सय ३९ रुपैयाँमा आएको छ ।

