काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । यसदिन नेप्से परिसूचक ३०.०९ अंकले घटेर २ हजार ६ सय २१.५९ को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये २५ कम्पनीको सेयर भाउ बढेको छ भने २ सय ४७ कम्पनीको घटेको छ ।
बुधबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । आज ४ अर्ब ८२ करोड ६० लाख ८४ हजारभन्दा धेरैको सेयर कारोबार भएको थियो । मंगलबार ४ अर्ब ४० करोड ७ लाख ५२ हजार रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको थियो ।
आज सबैभन्दा धेरै कमाउनेमा एनएमबि डिबेन्चर ८.५० प्रतिशत रहेको छ । यसको सेयर मूल्य ५.५२ प्रतिशतले बढेर १ हजार १ सय ४५ रुपैयाँ पुगेको छ । यता, सबैभन्दा धेरै गुमाउनेमा कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन् । यस बैंकको सेयर भाउ १३.४१ प्रतिशतले घटेको छ ।

