२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो


सञ्चार डबली
  • मंगलबार, असार २३ २०८३
  • 1.5K
    SHARES

  • नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

    काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेको छ । पछिल्लो समय लगातार घटिरहेको नेप्से मंगलबार भने केन्द्रिय बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने भएसँगै उकालो लागेको हो ।

    कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा २४.५७ अंकले बढ्दै २६ सय ५१ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय ५२ कम्पनीका ९५ लाख १९ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ४० करोड रुपैयाँ नाघेको छ । यो अघिल्लो दिन सोमबारको तुलनामा बढी हो ।

    यस्तै आज कारोबारमा आएकामध्ये २ सय १० कम्पनीको सेयरमूल्य उकालो लाग्दा ५७ कम्पनीको सेयरमूल्य घटेको छ । आज कारोबारमा आएकामध्ये सबै समुहको परिसुचक उकालो लाग्दा कालंगा जलविद्युत आयोजनाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend