२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

सेयर बजारमा दाेहोरो अंकको गिरावट, कारोबार साढे तीन अर्बमा सीमित


सञ्चार डबली
  • सोमबार, असार २२ २०८३
  • 3.1K
    SHARES

  • images
    सेयर बजारमा दाेहोरो अंकको गिरावट, कारोबार साढे तीन अर्बमा सीमित

    काठमाडौं । साताको पहिलो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागिरहेको नेप्से अन्तिम समयमा २६.२९ अंकले घट्दै २६ सय २७ को विन्दुमा झरेर बन्द भएको हो ।

    आज कुल ३ सय ५६ कम्पनीका ७५ लाख ४० हजार ४ सय १८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ५५ करोड ७९ लाख रुपैयाँमा सीमित भएको छ ।

    आज कारोबारमा आएकामध्ये सबै समुहको परिसुचक ओरालो लाग्दा २ सय ३९ कम्पनीको सेयरमूल्य घटेको छ । आज कारोबारमा आएकामध्ये ३४ कम्पनीको सेयरमुल्यमा वृद्धि देखिएको छ । जसमध्ये पनि ३ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend